सहिद स्मारक ’ए’ डिभिजन लिगमा फ्रेन्ड्ससँग थ्री स्टार स्तब्ध, अर्को खेलमा सरस्वती र ब्रिगेड ब्वाईज क्लबको गोलरहित बराबरी - Pahilo Online

सहिद स्मारक ’ए’ डिभिजन लिगमा फ्रेन्ड्ससँग थ्री स्टार स्तब्ध, अर्को खेलमा सरस्वती र ब्रिगेड ब्वाईज क्लबको गोलरहित बराबरी

writer

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको ललितपुर डर्बीमा थ्री स्टार फ्रेन्ड्स क्लबसँग १(० गोल अन्तरले पराजित भएको हो । बलियो टिम थ्री स्टारविरुद्ध फ्रेन्ड्सलाई जित दिलाउन ब्राजिलियन खेलाडी वाग्नेर डी कार्मोले निर्णायक गोल गरे । कार्मोले खेलको १३ औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई जित दिलाए । विश्व अधिकारीको फ्रिकिक बलमा उनले हेड गोल गरेका थिए । वाग्नेर नेपाली लिगमा गोल गर्ने पहिलो ब्राजिलियन खेलाडी समेत बनेका छन् ।

फ्रेन्ड्ससँग पराजित भएसँगै थ्री स्टारले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । थ्री स्टारले ६ खेलमा १० अंक जोडेको छ । थ्री स्टार लिगको चौंथो स्थानमा रहेको छ । फ्रेन्ड्सको यो पहिलो जित हो । अघिल्ला ५ खेलमा फ्रेन्ड्सले ३ बराबरी र २ हार व्यहोरेको थियो । फ्रेन्ड्सले ६ खेलमा ५ अंक जोडेको छ । फ्रेन्ड्स लिगको ११ औं स्थानमा उक्लिएको छ ।

त्यसैगरी आजै भएको अर्को खेलमा सरस्वती युथ क्लबले पहिलो अंक जोडेको छ ।ब्रिगेड ब्वाईज क्लबसँग गोलरहित बराबरी खेल्दै सरस्वतीले लिगमा पहिलो अंक जोडेको हो । अघिल्ला पाँच खेलमा पराजित सरस्वतीले छैटौं खेलमा आएर एक अंक जोडेको हो । सरस्वतीले पहिलो अंक जोडेको खेलमा ब्रिगेडले पाएको अवसर सदुपयोग गर्न सकेन् । बल पोजिसनमा पकड राखेपनि ब्रिगेडका स्ट्राइकर चम्कन सकेनन् ।

खेलमा सरस्वतीका मनिष थापा म्यान अफ दि म्याच चुनिए । ब्रिगेडसँग बराबरी खेलेपछि सरस्वतीले ६ खेलमा १ अंक जोडेको छ । सरस्वती लिगको पुछारमा रहेको छ । ब्रिगेड ६ खेलमा ७ अंक जोडेर लिगको आठौं स्थानमा रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes