ललितपुरलाई महानगर कप पुरुष भलिबलको उपाधि, महिलातर्फ चन्द्रागिरीलाई - Pahilo Online

ललितपुरलाई महानगर कप पुरुष भलिबलको उपाधि, महिलातर्फ चन्द्रागिरीलाई

writer

काठमाडौं । आयोजक ललितपुर महानगरपालिकाले महानगर कप भलिबल अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शुक्रबार भएको फाइनलमा चौतारा नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै आयोजक ललितपुर च्याम्पियन बनेको हो ।

उपाधि जित्ने क्रममा ललितपुरले चौतारालाई २३–२५, २५–२०, २५–२१ र २५–१२ को सेटमा पराजित गर्यो । उपाधिसँगै ललितपुरले २ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको चौताराले १ लाखमा चित्त बुझायो । तेस्रो भएको महालक्ष्मीले ५० हजार प्राप्त गर्यो । ललितपुर महानगरपालिकाले आफ्नो १ सय १ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको प्रतियोगितामा सर्वोकृष्ट खेलाडी ललितपुरका हरि पाण्डे चुनिए । उनले १० हजार प्राप्त गरे ।

यस्तै उत्कृष्ट स्पाइकर ललितपुरका योगेन्द्र गुरुङ, ब्लकर महालक्ष्मीका शरद रावल, डिफेन्डर महालक्ष्मीका हरिस बुढाथोकी, सरभर महालक्ष्मीकै आयुस खड्का चुनिए । सेटर चौताराका विश्वास आले र प्रशिक्षक ललितपुरका मनोज खड्का चुनिए । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५र५ हजार प्राप्त गरे ।

महिलातर्फको उपाधि चन्द्रागिरी नगरपालिकाले जितेको छ । फाइनलमा आयोजक ललितपुर महानगरपालिकालाई ३–२ को सेटमा पराजित गर्दै चन्द्रागिरी च्याम्पियन बनेको हो । निकै रोमान्चक भएको फाइनलमा पहिलो सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै चन्द्रागिरीले उपाधि जितेको हो ।

उपाधि जित्ने क्रममा चन्द्रागिरीले ललितपुरमाथि २३–२५, २५–१९, २५–१८, २१–२५ र १५–९ को जित निकाल्यो । उपाधिसँगै चन्द्रागिरीले २ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको ललितपुरले १ लाखमा चित्त बुझायो । तेस्रो भएको गोकर्णेश्वरले ५० हजार प्राप्त गर्यो ।

ललितपुर महानगरपालिकाले आफ्नो १ सय १ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको प्रतियोगितामा सर्वोकृष्ट खेलाडी चन्द्रागिरीकी झरना श्रेष्ठ चुनिइन् । उनले १० हजार प्राप्त गरिन् । यस्तै उत्कृष्ट स्पाइकर ललितपुरकी शर्मिला नेपाली, ब्लकर ललितपुरकी प्रवित्रा श्रीपाली, डिफेन्डर ललितपुरकी विमला सुनुवार चुनिइन् ।

उत्कृष्ट सर्भर चन्द्रागिरीकी पनामिका राई, सेटर चन्द्रागिरीकै प्रतिक्षा गुरुङ र प्रशिक्षक चन्द्रागिरीका कुमार राई चुनिए । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५र५ हजार प्राप्त गरे । प्रतियोगितामा पुरुषमा १३ र महिलामा ८ टिमको सहभागिता रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes