५ सयभन्दा बढी नायब सुब्बा पदका लागि जागिर खुल्यो - Pahilo Online

५ सयभन्दा बढी नायब सुब्बा पदका लागि जागिर खुल्यो

writer

काठमाण्डौ । लोकसेवा आयोगले राजपत्र अनङ्कित पहिलो श्रेणी अर्थात् नायब सुब्बा पदका लागि झण्डै पाँच सय पदमा विज्ञापन खुलाएको छ । आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरि बुधबार पाँच सय ४८ पदमा विज्ञापन खुलाएको हो । यो पदका लागि माघ १० गतेसम्म दरखास्त दिन सकिने लोक सेवा आयोगको कार्यालयले जनाएको छ ।
त्यस्तै दोब्बर दस्तुर तिरेर माघ २१ गतेसम्म दरखास्त दिन सकिनेछ ।

लोकसेवा आयोगको काठमाण्डौ, धनकुटा, जलेश्वर, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयमा दरखास्त दिन सकिनेछ । दरखास्त फारम लोक सेवा आयोगको वेबसाइट www.psc.gov.np बाट डाउनलोड गर्न सकिने छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes