इरानमा विमान दुर्घटनामा ७ देशका १७६ जनाको मृत्यु - Pahilo Online

इरानमा विमान दुर्घटनामा ७ देशका १७६ जनाको मृत्यु

writer

काठमाडौं । इरानमा एक यात्रीवाहक विमान दुर्घटना हुँदा १७६ जनाको मृत्यु भएको छ । युक्रेनको सो विमान बुधबार बिहान तेहराननजिकै दुर्घटना भएको हो । राजधानी तेहरानको इमाम खोमेनी अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट उडान भरेलगत्तै बोइङ ७३७ विमान दुर्घटनामा परेको अन्तर्रा्ष्ट्रिय सन्चारमध्यमहरुले जनाएका छन् । इरानको उड्डयन संगठनका प्रवक्ताकाअनुसार विमानमा १६७ जना यात्री र चालकदलका ९ सदस्य सवार थिए । दुर्घटनाग्रस्त भएको युक्रेनी जहाजमा परेर मृत्यु हुनेमा सात देशका नागरिक रहेका छन् ।

जहाज दुर्घटनामा सबैभन्दा बढी इरानका नागरिक परेका छन् । घटनामा मृत्यु हुनेमा ८२ इरानी, ६३ क्यानेडेली, ११ युक्रेनी, १० स्विडेनी, ४ अफगानी, ३ जर्मन र ३ बेलायती नागरिक रहेको युक्रेनका परराष्ट्रमन्त्री भ्यादाइम प्रिस्टाइकोले ट्वीटरमा जानकारी दिएका छन् । उनीहरु सबैको मृत्यु भएको जनाइएको छ । सुरुमा विमानमा १८० जना सवार रहेको समाचार आएको थियो । विमान युक्रेनको राजधानी किभका लागि उडेको थियो । दुर्घटनाको यकिन कारण खुल्न सकेको छैन । इरानी समाचार एजेन्सी ‘फार्स’ले भने प्राविधिक समस्याका कारण विमान दुर्घटना भएको जनाएको छ । दुर्घटनास्थलमा उद्धार टोली खटाइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes