सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आजभएको दुवै खेल बराबरीमा रोकियो - Pahilo Online

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आजभएको दुवै खेल बराबरीमा रोकियो

writer

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा एनआरटी र जावलाखेलले गोलरहित बराबरी खेलेका हुन् ।

खेलमा पाएको अवसर गुमाउदा दुबै टोलीले १–१ अंक बाडेका हुन् । दुबै टोलीले गोलको अवसर बनाएपनि गोल गर्न चुकेका थिए । खेलको १६ औं मिनेटमा डिबक्स बाहिरबाट जावलाखेलका ड्याडी जुनियरको प्रहार आकाशिएको थियो । यस्तै २६ औं मिनेटमा सुजित बुढाथोकीको फ्रिकिकमा विदेशी खेलाडी डाम्बियाको हेडर पहिलोबार नजिकैबाट बाहिरियो ।

खेलको ३२ औं मिनेटमा एनआरटीका कप्तान प्रकाश बुढाथोकीको फ्रिकिक क्रसबार माथिबाट बाहिरिएको थियो । यस्तै खेलको ७२ औं मिनेटमा एनआरटीका कप्तान प्रकाशको फ्रिकिक जावलाखेलका गोलरक्षक टेकेन्द्र थापाले उत्कृष्ट बचाउ गरे । पहिलो हाफको तुलनामा दोस्रो हाफमा जावलाखेलले कम पोस्ट आक्रमण गरेको थियो ।

खेलमा म्यान अफ दि म्याच जावलाखेलका कप्तान कुलदिप कार्की चुनिए । यो बराबरीसँगै जावलाखेलले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । चौंथो स्थानको जावलाखेलले ४ खेलमा ९ अंक जोडेको छ । आठौं स्थानको एनआरटीले ४ खेलमा ५ अंक जोडेको छ । यस्तै आजै भएको अर्को खेलमा

उपाधि दाबेदार मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा मनाङ र मछिन्द्रले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । रोमान्चक बनेको खेलमा मनाङका लागि फेमी जोसुवा र विमल रानाले एक एक गोल गरे । मछिन्द्रका सुजल श्रेष्ठ र सोमिडे एडिलाजाले एक एक गोल गरे । सुरुवाती अग्रता भने साविक विजेता मनाङले बनाएको थियो ।

खेलमा मछिन्द्रका एडिलाजा म्यान अफ दि म्याच चुनिए । मछिन्द्रसँगको बराबरीसँगै मनाङले पाँच खेलमा ११ अंक जोडेको छ । र, मनाङ शीर्ष स्थानमा यथावत रहेको छ । यस्तै पाँच खेलमा १० अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes