सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासलमाथि जावलाखेलको शानदार जित, अर्को खेलमा जितसहित ब्रिगेडको सयौं खेल पुरा - Pahilo Online

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासलमाथि जावलाखेलको शानदार जित, अर्को खेलमा जितसहित ब्रिगेडको सयौं खेल पुरा

writer

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबविरुद्ध जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा जावलाखेलले च्यासललाई २(० गोल अन्तरले पराजित गरेको हो । जावलाखेललाई जित दिलाउन रुप बहादुर लामा र विजय घलानले एक एक गोल गरे । बलियो प्रतिद्वन्द्वी च्यासललाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको जावलाखेलले दोस्रो हाफमा दुई गोल गरेको थियो । खेलको ८१ औं मिनेटमा रुप बहादुरले गोल गर्दै जावलाखेललाई अग्रता दिलाए । विजय घलानको पासलाई उनले डिबक्स बाहिरबाट पोस्टको जाली चुमाएका थिए ।

त्यसको दुई मिनेटपछि ८३ औं मिनेटमा विजयले गोल गर्दै जावलाखेललाई २–० को जित दिलाए । उनले च्यासलका गोलकिपर एलेन न्यौपानेले बचाएको रिबाउन्डमा गोल गरेका थिए । खेलमा जावलाखेलका रुप म्यान अफ दि म्याच चुनिए । जितसँगै जावलाखेल लिगको तेस्रो स्थानमा उक्लिएको छ । जावलाखेलले ४ खेलमा ८ अंक जोडेको छ । च्यासल ४ खेलमा ४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

आजै भएको अर्को खेलमा ब्रिगेड ब्वाईज क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा ब्रिगेडले १० खेलाडीमा सिमित शेर्पालाई १–० गोल अन्तरले पराजित गरेको हो ।
ब्रिगेडको जितमा विजय गुरुङले निर्णायक गोल गरे । खेलको १७ औं मिनेटमा विजयले निर्णायक गोल गरेका हुन् । डिबक्स बाहिरबाट उनको कडा प्रहार शेर्पाका खेलाडीलाई लाग्दै गोलमा परिणत भएको थियो ।

खेलमा झिनो अन्तरको हार जित निस्किए पनि दुवै टोलीले गोलको थुप्रै अवसर खेर फालेका थिए । खेलको अन्तिम केहि मिनेट शेर्पा १० खेलाडीमा सिमित भएको थियो । शेर्पाका निरज बस्नेत दोहोरो पहेलो कार्डसहित रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

खेलमा ब्रिगेडका गोलकिपर विशाल म्यान अफ दि म्याच चुनिए । यस खेलसँगै ब्रिगेडले ’ए’ डिभिजन लिगमा आफ्नो १ सय खेल पुरा गरेको छ । २०६१ सालमा ’ए’ डिभिजन लिगमा बढुवा भएको ब्रिगेडको यस खेल लिगमा १ सय खेल हो ।
जितसँगै ब्रिगेडले ४ खेलमा ६ अंक जोडेको छ । ब्रिगेड लिगको छैटौं स्थानमा रहेको छ । शेर्पाले ४ खेलमा २ अंक जोडेको छ । शेर्पा लिगको ११ औं स्थानमा रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes