सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एनआरटी मछिन्द्रसँग १–० गोल अन्तरले पराजित, फ्रेन्ड्ससँग मनाङ बराबरीमा रोकियो - Pahilo Online

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एनआरटी मछिन्द्रसँग १–० गोल अन्तरले पराजित, फ्रेन्ड्ससँग मनाङ बराबरीमा रोकियो

writer

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले तेस्रो जित निकालेको छ । सोमबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले तेस्रो जित निकालेको हो ।

एन्फा कम्प्लेक्समा मछिन्द्रलाई जित दिलाउन एडिलाजा सोमिडेले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ९० औं मिनेटमा एडिलाजाले हेडमार्फत निर्णायक गोल गरेका हुन् । मछिन्द्रलाई जित दिलाउन उत्कृष्ट प्रदर्शन गरेका आन्द्रेस निया म्यान अफ दि म्याच चुनिए ।

मछिन्द्रले ४ खेलमा ९ अंक जोडेको छ । मछिन्द्रले ३ खेलमा जित र १ बराबरी खेलेको छ । ४ खेलमा ४ अंक जोडेको एनआरटी लिगको छैटौं स्थानमा रहेको छ । लिगमा एनआरटीको यो दोस्रो हार हो ।

आजै भएको अर्को खेलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब बराबरीमा रोकिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा मनाङ फ्रेन्ड्स क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा मनाङले अंक बाडेको हो । खेलको ११ औं मिनेटमा रन्जन बिष्टले हेड गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । उनले जगजित श्रेष्ठको कर्नरमा गोल गरेका थिए ।

तर, दोस्रो हाफमा फ्रेन्ड्स खेलमा फर्कियो । भारतीय खेलाडी उत्तम राईले ६३ औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई हारबाट जोगाए । फ्रेन्ड्सबाट पहिलो खेल खेलिरहेका उनले रमेश बर्तौलाको क्रसमा हेड गोल गरेका थिए ।

फ्रेन्ड्ससँग बराबरीमा रोकिएपनि मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ । मछिन्द्र क्लबलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको मनाङले ४ खेलमा १० अंक जोडेको छ । मछिन्द्रको ९ अंक रहेको छ ।

अघिल्ला तीन खेलमा लगातार जित निकालेको मनाङले फ्रेन्ड्ससँग भने अंक बाड्न बाध्य भयो । गत सिजन पनि मनाङ फ्रेन्ड्ससँग १–० ले पराजित भएको थियो । फ्रेन्ड्सले भने पहिलो अंक जोडेको छ । अघिल्ला तीन खेलमा हार व्यहोरेको फ्रेन्ड्सले ४ खेलमा १ अंक जोडेको छ । फ्रेन्ड्स लिगको १३ औं स्थानमा रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes