इजिप्टमा भएको सवारी दुर्घटनामा २८ मजदुरको मृत्यु - Pahilo Online

इजिप्टमा भएको सवारी दुर्घटनामा २८ मजदुरको मृत्यु

writer

काठमाडौं । इजिप्टमा भएको सवारी दुर्घटनामा २८ जनाको मृत्यु भएको छ । राजधानीका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा मजदुरहरुको मृत्यु भएको समाचारमा जनाइएको छ । एक मिनी बस र मजदुर बोकेको ट्रक एक आपसमा ठोक्किँदा २२ जनाको घटनास्थलमै र अन्यको उपचारका क्रममा मृत्यु भएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

दुर्घटनाको कारण भने स्पष्ट नभएको अधिकारीहरुले जनाएका छन् । ट्रकले मिनी बसलाई ठक्कर दिएपछि दुर्घटना भएको प्रत्यक्षदर्शीलाई उध्रित गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् । मृतकहरुमध्ये दुई जना मलेसियन महिला र एक भारतीय नागसिरक पनि रहेको बताइएको छ । इजिप्टमा हरेक वर्ष सवारी दुर्घटनामा परेर कयौ सर्वसाधारणको मृत्यु हुने गरेको छ ।

सन् २०१८ मा मात्र आठ हजार भन्दा बढीको सवारी साधन दुर्घटनामा परेर मृत्यु भएको थियो । अघिल्लो वर्ष एघार हजारले दुर्घटनामा ज्यान गुमाएका थिए । एजेन्सी ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes