नेपाल जेसीज बर्ष २०२० को राष्ट्रिय अध्यक्षमा अशोक शंकर विजयी - Pahilo Online

नेपाल जेसीज बर्ष २०२० को राष्ट्रिय अध्यक्षमा अशोक शंकर विजयी

writer

चितवन । शुक्रवार चितवनको रत्ननगरमा सम्पन्न जेसीजको ४६ औं राष्ट्रिय महाधिबेशनमा पथरी शनिश्चरे मोरङका जेसी अशोक शंकर नेपाल जेसीज बर्ष २०२० को राष्ट्रिय अध्यक्षमा विजयी भएका छन् ।

नवनिर्वाचित शंकरले अध्यक्षका दुई प्रत्यासी अरुणेश्वर खनाल र विकास मानन्धरलाई पराजित गरेका थिए । १ हजार ५ सय ६५ मतदाताले गरेको मतदानबाट शंकरले ५ सय ५१ मत प्राप्त गरे । पराजित विकास मानन्धरले ४ सय ८७ र अरुणेश्वर खनालले ५ सय २७ मत प्राप्त गरेका थिए । चितवनको जेसीजबाट खनालले र काभ्रे जेसीजबाट मानन्धरले उम्मेदवारी दिएका थिए । कार्यकारिणी उपाध्यक्षमा सिनेटर विजय गुरुङ, जेसी शोभा खरेल, जेसी गोकुल सापकोटा, लालमणी भण्डारी निर्वा्चित भएका छन् । महाधिबेशनमा देशभरिका १ सय ५१ वटा शाखाका युवाहरुको सहभागिता रहेको थियो । महाधिबेशनको पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । जेसीजको ४६ औ राष्ट्रिय महाधिबेशन पुस ९ गतेदेखि १३ गतेसम्म चितवनमा भएको थियो ।

उनलाई जिताउन दमक उद्योग वाणिज्य संघ, पथरी उद्योग बाणिज्य संघ, पथरीमा अशोक शंकर जिताउ अभियान समिति लगायत समितिहरु क्रियाशिल भएको थियो । पथरी जेसीजको सिंगो टिम आफ्नो संस्थापक अध्यक्ष शंकरलाई जिताउन अभियानमा संलग्न भएका थिए ।

अशोक शंकरको जेसीज यात्रा

निर्वा्चित अध्यक्ष शंकरले २०१० मा पथरी जसीजको संस्थापक अध्यक्ष भएर जेसीज संस्थामा प्रवेश गरेका थिए । व्यवसायको सिलसिला उर्लाबारी जाने क्रममा जेसीजको वारेमा सुनेर प्रभावित भइ जेसीज स्थापना गरेका हुन् । सन् २०१४ मा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष बने, सन् २०१८ मा कार्यकारिणी उपाध्यक्ष र सन् २०१९ मा नेपाल जेसीज अध्यक्ष सल्लाहकार बनेका थिए ।

३८ बर्षीय युवा शंकरले जेसीज संलग्न हुदै व्यवसायमा पनि उत्तिकै क्रियाशिल हदै आए । झापाको दमक, मोरङको पथरी र बिराटचोक र सुनसरीको ईटहरीमा लत्ताकपडा सहित शंकर ज्वेलर्स ईन्टरनेशनल सञ्चालन गर्दै आएका छन् । उनले अष्ट्रेलियामा पनि शंकर ज्वलर्स सञ्चालन गरिरहेका छन् । अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया, फिलिपिन्स, नेदरल्यान्ड, हङकङ लगायतका २ दर्जन बढी मुलक पनि पुगेका छन् । जेसीजलाई युवाहरुको साझा संस्था बनाउदै नेतृत्व, ब्याक्तित्व विकाससंगै आत्मनिर्भरताको बाटोमा लैजान सहयोग पुर्याउने कार्यक्रमहरु ल्याउने उनको योजना छ । अहिले बोलेर भन्दा गरेर देखाउने अठोट उनको रहेको छ । नेपालमा एउटा अनुकरणीय र प्रशंशा योग्य संस्था जेसीजलाई बनाउने धोको छ । दमक उद्योग वाणिज्य संघका सदस्य शंकर पथरी उद्योग वाणिज्य संघका पूर्व सदस्य पनि हुन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes