मध्य एसियाली मुलुक काजखास्तानमा एक विमान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु - Pahilo Online

मध्य एसियाली मुलुक काजखास्तानमा एक विमान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु

writer

काठमाडौं । मध्य एसियाली मुलुक काजखास्तानमा एक विमान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान बेक एअरको विमान चालकदलका सदस्य र यात्री गरी १०० जना बोकेर उडेको थियो ।

विमानस्थलका अधिकारीहरुकाअनुसार अमाल्टी विमानस्थलबाट उडेको केहीबेरमै विमान दुर्घटनामा परेको थियो । विमानमा चालकदलका पाँच सदस्य र ९५ यात्री सवार थिए । त्यसमध्ये ८ जना बालबालिका थिए ।

दुर्घटनामा करिब ६० जना घाइते भएका छन् । घाइते हुनेमा बालबालिकाहरु पनि छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दुर्घटनास्थल आसपास त्यस समयमा बाक्लो कुहिरो लागेको बताइएको छ । विमान दुईतले भवनमा ठोक्किएर दुर्घटना भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

विमान भवनमा ठोक्किएपनि आगोलागी भएन । सोही कारण धेरै यात्रीलाई जीवितै उद्धार गरी तत्कालै अस्पताल लगिएको थियो । विमान काजखस्तानको सबैभन्दा ठूलो सहर अल्माटीबाट राजधानी नुर सुल्तानतर्फ जाँदै थियो । यसअघि, त्यहाँको आन्तरिक मन्त्रालयले मृतकको संख्या १५ रहेको जनाएको थियो । अहिले सच्याएर पाइलटसहित १२ जनाको मृत्यु भएको जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes