एन्फाले मोफसलमा आयोजना हुने नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गर्यो - Pahilo Online

एन्फाले मोफसलमा आयोजना हुने नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गर्यो

writer

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा आयोजना हुने नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । एन्फाले बुधबार फागुन पहिलो साताबाट बैशाख पहिलो साता भित्र आयोजना हुने विभिन्न नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

एन्फाले विभिन्न जिल्लामा हुने २५ प्रतियोगिताको तालिका निकालेको हो । एन्फाले निकालेको तालिका अनुसार फागुन १ देखि १० सम्म पोखरामा मनकामना गोल्डकप, झापामा सताक्षि गोल्डकप र मकवानपुरमा बाग्मती गोल्डकप हुनेछ ।

फागुन ५ देखि १५ सम्म चितवनको राइनो गोल्डकप, फागुन ८ देखि १७ सम्म धरानको बुढासुब्बा गोल्डकप र बुटवलको तिलोत्तमा गोल्डकप हुनेछ । फागुन ११ देखि २२ सम्म धनगढीमा खप्तड गोल्डकप, फागुन १५ देखि २४ सम्म झापामा झापा गोल्डकप, ईलाममा माइभ्याली गोल्डकप र बाग्लुङमा मेयर कप हुनेछ । फागुन २२ देखि चैत १ भित्र पोखरामा आहा रारा र सर्लाहीमा राजर्षि जनक, विशाल मेमोरियल गोल्डकप बिरगंज, फागुन २२ देखि चैत ३ सम्म भरतपुरमा चितवन गोल्डकप, नेपालगन्जमा नेपालगन्ज गोल्डकप हुनेछ ।

फागुन २९ देखि चैत ८ सम्म मकवानपुरमा मकवानपुर गोल्डकप, सुनसरीमा दुहबी गोल्डकप, धनगढीमा तेस्रो सुदूरपश्चिम गौरी गंगा गोल्डकप, चैत ६ देखि १५ सम्म सिमरामा सिमरा गोल्डकप, मदन भण्डारी गोल्डकप सुनसरीमा हुनेछ । चैत १३ देखि २२ सम्म सिन्धुपाल्चोकमा सिन्धु गोल्डकप, काभ्रेमा काभ्रे गोल्डकप र सुनसरीमा भरत गोल्डकप हुनेछ । यस्तै चैत २० देखि २९ सम्म एन्फा नकआउट प्रतियोगिता काठमाडौंमा हुनेछ । चैत २७ देखि वैशाख ६ सम्म झापामा मेचीनगर गोल्डकप हुनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes