आर्मीलाई हराउँदै मनाङ शीर्ष स्थानमा, अर्को खेलमा सुशील राईको गोलमा थ्री स्टार विजयी - Pahilo Online

आर्मीलाई हराउँदै मनाङ शीर्ष स्थानमा, अर्को खेलमा सुशील राईको गोलमा थ्री स्टार विजयी

writer

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मस्र्याङ्दी क्लबले लगातार दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई १(० गोल अन्तरले पराजित गर्दै मनाङले दोस्रो जित निकालेको हो ।

मनाङको जितमा दयानन्द सिंहले निर्णायक गोल गरे । उनले खेलको इन्जुरी समयमा गोल गरेका थिए । खेलको अन्तिम समयमा सुमन अर्यालले रातो कार्ड पाउँदा आर्मी १० खेलाडीमा समेटिएको थियो । उनले इन्जुरी समयमा हातले गोल गर्दा दुई पहेलो कार्डसहित रातो कार्ड पाएका थिए । त्यसअघि २० औं मिनेटमा मनाङका विमल रानाको पासलाई फेमी जोश्वाले गोल गर्न सकेनन् । २३ औं मिनेटमा आर्मीका सुमन अर्यालको उत्कृष्ट हेडर मनाङका किपर दिप कार्कीले पन्च गर्दै बाहिर पठाए । यस्तै ३६ औं मिनेटमा विमलकै पासलाई दयानन्द सिंहको प्रहार फितली रह्यो ।

यस्तै ५१ औं मिनेटमा भरतको क्रसलाई नवयुग श्रेष्ठले पोस्टको दिशा दिन सकेनन् । जितसँगै मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले दुई खेलमा ६ अंक जोडेको छ । मनाङले आफ्नो पहिलो खेलमा अर्काे विभागीय क्लब एपीएफ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

यसैगरी सोमबारनै भएको अर्को खेलमा थ्री स्टार क्लबले पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले पहिलो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्री स्टारलाई जित दिलाउन सुशील राईले निर्णायक गोल गरे । खेलको ८४ औं मिनेटमा सुशन श्रेष्ठको क्रसमा अनमार्क रहेका सुशीलले गोल गरेका थिए ।

यस अघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४७ औं मिनेटमा थ्री स्टारले डरलाग्दो आक्रमण गरेको थियो । फरवार्ड वासिउ हाज्मतको कडा प्रहार पुलिसका गोलकिपर शत्रुधन चौधरीले उत्कृष्ट बचाउ गरे ।

यस्तै खेलको ५५ औं मिनेटमा पुलिसका रबी पासवानको वान भर्सेस वान प्रहार थ्री स्टारका विदेशी गोलकिपर प्रिसो एनजान्गाले उत्कृष्ट बचाउ गरेका थिए । जितसँगै थ्री स्टारले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा थ्री स्टार जावलाखेल युथ क्लबसँग गोल रहित बराबरीमा रोकिएको थियो । पुलिसको यो पहिलो हार हो । पहिलो खेलमा पुलिस हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes