काठमाडौं । कक्षा १० को एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षातालिका सार्वजनिक गरेको हो ।
बोर्डको मंसिर ३० को निर्णयअनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७६ साल चैत्र ६ गते देखि चैत्र १७ गतेसम्म सञ्चालन हुनेछ । तालिका अनुसार चैत्र ६ गते अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यर अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । यस्तै चैत्र ७ गते अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीहरूका लागि अंग्रेजी विषयको परीक्षा हुनेछ ।