सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र र च्यासलको बराबरी, ब्रिगेड ब्वाईजको फ्रेन्ड्स क्लबमाथि रोमाञ्चक जित दर्ता - Pahilo Online

सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र र च्यासलको बराबरी, ब्रिगेड ब्वाईजको फ्रेन्ड्स क्लबमाथि रोमाञ्चक जित दर्ता

writer

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र क्लब र च्यासल युथले बराबरी खल्दै अंंक बाँडेका छन् । शुक्रबार भएको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । ललितपुरको एन्फा कम्प्लेक्समा सुरुवाती अग्रता च्यासलले लिएको थियो ।

खेलको २८ औं मिनेटमा सन्तोष साहुखलले डिबक्स बाहिरबाट बाँया खुट्टाले दोस्रो बार च्यापेर गोल गरेका थिए । घरेलु लिग फुटबलमा सन्तोषले ९९ गोल पुरा गरेका छन् । उनी लिगमा सय गोल गर्न एक गोलले मात्र पछाडी छन् । उनी लिग फुटबलका सर्वा्धिक गोलकर्ता हुन् । खेल सकिन २ मिनेट बाँकी छदाँ मछिन्द्रले बराबरी गोल फर्कायो । च्यासलका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई डिबक्स भित्रबाट देवेन्द्र तामाङले सहजै गोल गरेका थिए ।

अन्तिम दुई मिनेट सम्हालिन नसक्दा च्यासल अंक बाँड्न बाध्य भएको हो । अन्तिम नतिजासंगै च्यासलले दुई खेलबाट तीन अंक जोडेको छ । च्यासल ४ अंक सहित लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

त्यसै गरी आजै भएको अर्को खेलमा ब्रिगेड ब्वाईजले फ्रेन्ड्स क्लबमाथि रोमाञ्चक जित दर्ता गरेको छ । शुक्रबार भएको लिगको दोस्रो खेलमा ब्रिगेडले फ्रेन्ड्सलाई २–० ले हराएको हो ।

ब्रिगेडको जितमा दुवै गोल उमेर समुहबाट खेल्ने जया गुरुङ र रोशन राना मगरले गरे । खेल सकिन दुई मिनेट अगाडीले जयाले गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका थिए । ईन्जुरी समयमा रोशनले गोल गर्दै ब्रिगेडलाई २–० को जित दिलाए । दुई खेलको समाप्तिमा ब्रिगेडले लिगमा ३ अंक जोडेको छ । फ्रेन्ड्स अंक विहिन छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes