फिफाको नयाँ वरीयतामा नेपाल यथावत स्थानमा - Pahilo Online

फिफाको नयाँ वरीयतामा नेपाल यथावत स्थानमा

writer

मोरङ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयता सार्वजनिक गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।

गत महिना सार्वजनिक गरेको वरीयतामा तीन स्थान तल झरेको नेपाल नयाँ वरीयतामा भने यथावत स्थानमा छ । हाल नेपाल १ सय ७० औं स्थानमा छ । दक्षिण एसियाली देशको वरीयतामा भने नेपाल तेस्रो स्थान छ । भारत र माल्दिभ्स भने नेपालभन्दा माथि छन् । भारत १ सय ८ औं र माल्दिभ्स १ सय ५५औं स्थानमा रहेको छ ।

बंगलादेश, भुटान, पाकिस्तान र श्रीलंका भने नेपालभन्दा तल छन् । बंगलादेश १ सय ८७ औं स्थानमा हुँदा भुटान १ सय ८९औं, पाकिस्तान २ सय १ औं र श्रीलंका २ सय ५औं स्थानमा छन् । विश्व वरीयतातर्फ बेल्जियम शीर्ष स्थानमा रहँदा फ्रान्स दोस्रो स्थानमा छ । ब्राजिल तेस्रो, इंग्ल्याण्ड चौंथो र उरुग्वे पाँचौ स्थानमा हुँदा छैटौं स्थानमा क्रोएसिया सातौं स्थानमा पोर्चुगल आठौंमा स्पेन, नवौंमा अर्जे्न्टिना र दसौं स्थानमा कोलम्बिया रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes