२०१९ मा संसारभर ४९ पत्रकारको हत्या विवरण सार्वजनिक - Pahilo Online

२०१९ मा संसारभर ४९ पत्रकारको हत्या विवरण सार्वजनिक

writer

काठमाडौं । सन् २०१९ मा संसारभर ४९ जना पत्रकारको हत्या भएको विवरण सार्वजनिक गरिएको छ । ‘रिपोटर्स विथाउट वोडर्स ’ ले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा हत्या हुने पत्रकारहरुको सङ्ख्या गत १६ वर्षयताको सवभन्दा कम भएको बताइएको छ ।

हत्या गरिएका पत्रकारहरुको संख्यामा ऐतिहासिक रुपमा कमी आएको रिपोटर्स विथाउट बोडर्स प्रतिवेदनमा उल्लेख गरिएको छ । विषेशगरी द्वन्द्व जारी रहेको मुलुकहरु यमन, सिरिया र अफगानिस्तान पत्रकारको हत्याका घटनामा कमी आएको देखिएको छ ।
पेरिसमा कार्यालय रहेको पत्रकारिता सम्वन्धी अध्ययन अनुसन्धान गर्ने संस्थाले पत्रकारिता अझै पनि जोखिमपूर्ण पेशाको रुपमा रहेको जनाएको छ । एक बर्षमा ८० पत्रकारले जीवन गुमाउनु पछिल्लो दुई दशकको औसत संख्या भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संस्थाका प्रमुख क्रिस्टोफ डेलोइरले मेक्सिकोमा मात्रै यसै बर्षमा १० पत्रकारको हत्या हुनुले अझै पनि चिन्ताजनक अवस्थालाई झल्काउने बताए। याटिन अमेरिकी देशहरुमा कुल १४ पत्रकार मारिएका उनले बताए । उनले द्वन्द्वग्रस्त लोकतान्त्रिक शासन व्यवस्था भएका देशहरुमा पत्रकारिता गरेकै कारण पत्रकारहरु मारिनुले लोकतन्त्रलाई नै चुनौती थपेको बताए ।

सन् २०१९ भरीमा ३ सय ८९ पत्रकारलाई बन्दक बनाइएको र त्यो संख्या अघिल्लो बर्षको तुलनामा १२ प्रतिशत बढी भएको पनि सो संस्थाले जनाएको छ । ती मध्ये आधा जति पत्रकार चीन, इजिप्ट र साउदीअरब गरी तीन देशमा बन्दी बनाइएका हुन् । सिरिया, यमन, इराक र युक्रेनसहित विश्वभर अहिले पनि ५७ जना पत्रकार कारागारमै रहेका पनि सो प्रतिवेदनमा उल्लेख छ । रासस, एएफपी

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes