प्रमुख दलको आन्दोलनका कारण लेबनानमा नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अवरुद्ध - Pahilo Online

प्रमुख दलको आन्दोलनका कारण लेबनानमा नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अवरुद्ध

writer

काठमाडौं । लेबनानमा प्रमुख दलहरुले विरोध प्रदर्शन जारी राखेपछि नयाँ प्रधानमन्त्री निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । प्रमुख इसाइ दलहरुले कामचलाउ प्रधानमन्त्री साद हरीरीको उम्मेद्वारीलाई समर्थन नगरेपछि नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अवरुद्ध भएको हो ।

सरकार विराधी प्रदर्शनहरु बढ्दै गएपछि प्रधानमन्त्री हरीरीले गत अक्टोबरमा पदबाट राजीनामा दिएका थिए । हरीरीले फेरि नयाँ प्रधानमन्त्रीका लागि दलहरुको समर्थन नपाएपछि नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अवरुद्ध भएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनएका छन् । लेबनानमा धार्मिक शक्तिहरुबीच शक्ति बाँडफाँट हुने गरेको छ ।

जसका कारण फरक फरक समुदायका प्रधानमन्त्री र राष्ट्रपति भएपछि एकअर्काबीच विवाद हुने गरेको छ । लेबनानको संविधान अनुसार संसद र सरकारमा इसाइ र मुस्लिम धर्मावलम्बीहरुको समान प्रतिनिधित्व हुनुपर्छ । साम्प्रदायिक शक्ति बाँडफाँटको आधारमा हरीरीको उम्मेदवार संविधानको व्यवस्थाविरुद्ध रहेको अधिकारीहरुले आरोप लगाएका छन् । पछिल्ला दिनहरुमा हरीरीले फेरि पनि सरकारको नेतृत्व गर्ने चाहना राखेका समाचार बाहिरीएपछि प्रदर्शनहरु थप चर्किएका छन् । सर्वसाधारणको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गरेको समाचारमा जनाइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes