ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज २–० ले पराजित गर्दै मच्छिन्द्रको विजयी सुरुवात - Pahilo Online

ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज २–० ले पराजित गर्दै मच्छिन्द्रको विजयी सुरुवात

writer

काठमाण्डौ । शहीद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले विजयी सुरुवात गरेको छ । यो सिजनको लिगका लागि नौ जना राष्ट्रिय खेलाडी भित्र्याएको मच्छिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई दुई शून्यले हरायो । दशरथ रंगशाला हिलाम्ये भएपछि अन्तिम समयमा सातदोबाटोस्थित एन्फा मैदानमा सारिएको खेलमा मच्छिन्द्रको जितमा योगेश गुरुङ र दिपक राईले एक–एक गोल गरे ।

राष्ट्रिय टिमका पूर्व कप्तानसमेत रहेको अनिल गुरुङको कप्तानीमा रहेको ब्रिगेड ब्वाइजविरुद्ध खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो । मच्छिन्द्रका लागि योगेश गुरुङले पहिलो गोल गरे । राष्ट्रिय टिमका पूर्व खेलाडी योगेश लिगका लागि मच्छिन्द्रमा अनुबन्ध भएका हुन् । त्यसपछि अनिल गुरुङको कप्तानीमा रहेको ब्रिगेड ब्याइजले गोल फर्काउन सकेन र मच्छिन्द्र पहिलो हाफमा एक गोलले अगाडि रह्यो ।

दोस्रो हाफमा पनि मच्छिन्द्र ब्रिगेड ब्वाइजविरुद्ध हावी नै भयो । खेलको ५० औं मिनेटमा मच्छिन्द्रले अन्तर दुई–शून्यमा पुर्यायो । यसपटक उसका लागि दिपक राईले गोल गरे । विजय धिमालको पासको सदुपयोग गर्दै उनले गोल गर्न सफल भए । तर त्यसपछि ब्रिगेड ब्वाइज खेलमा फर्कन सकेन र पहिलो खेलमा नै हारको सामना र्गयो । जितसँगै मच्छिन्द्रले पहिलो तीन अंक जोडेको छ । प्रतियोगितामा आइतबार कुनै खेल हुनेछैनन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes