मिस नेपाल–२०१९ अनुष्काले जितिन् मल्टिमिडिया अवार्ड - Pahilo Online

मिस नेपाल–२०१९ अनुष्काले जितिन् मल्टिमिडिया अवार्ड

writer

मोरङ । ‘मिस वल्ड’ प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गरिरहेकी मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठ ‘मिस वर्ल्ड प्रतियोगिता’ अन्तरगतको मल्टिमिडिया अवार्ड जित्न सफल भएकी छन् । डिसेम्बर १४ मा लण्डनमा फाइनल आयोजना हुदैछ।

भोटिङको आधारमा हुने उक्त अवार्ड अनुष्काले जितेकी हुन् । बिहीबार मल्टिमिडिया अवार्ड विजेताको नाम घोषणा भएपछि अनुष्काले भोट गर्ने सबैप्रति खुशी व्यक्त गरेकी छिन् । उनलाई उक्त अवार्डले ‘मिस वर्ल्ड’ प्रतियोगीता जित्न थप आत्मविश्वास दिलाएको छ । दुई चरणमा हुने ‘हेड टू हेड’ च्यालेन्जमा इन्डोनेशिया र मेक्सिकन सुन्दरीसँग जितेर उनले आफूलाई टप–४० मा पुर्याएकी छिन् ।

अनुष्का ‘ब्युटी विथ पर्पोज’को लागी टप १० मा पर्न सफल भएको छिन् । यो विधा जितेको खण्डमा अनुष्का सिधै उत्कृष्ट १६ मा पुग्ने भएकी छन् । ‘मिस वर्ल्ड’को ताजका लागि १ सय २५ देशका सुन्दरीहरूबीच प्रतिष्पर्धा हुँदैछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes