आगामी २८ बाट सुरु हुने ‘ए’ डिभिजन लिगको खेल तालिका सार्वजनीक - Pahilo Online

आगामी २८ बाट सुरु हुने ‘ए’ डिभिजन लिगको खेल तालिका सार्वजनीक

writer

काठमाडौं । सहिद स्मारक ए’ डिभिजन लिग फुटबलको नयाँ सिजन शनिबारबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाईज क्लब (बीबीसी) बीचको खेलसँगै औपचारिक रुपमा ’ए’ डिभिजन लिगको सुरुवात हुनेछ ।

पहिलो दिन एक खेल हुनेछ । दोस्रो दिनबाट दुई दुई खेल हुनेछ । फागुन ३ गते सकिने लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् । जसमा कुल ९१ खेल हुनेछ । हरेक राउण्डमा ७ खेल हुनेछ । शीर्ष टोलीले उपाधि जित्ने छन् ।

यस पटकको लिग रेलिगेसनसहितको हुनेछ । एन्फाले गत वर्ष आयोजना गरेको रेलिगेसनबिनाको लिगको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगको सम्पूर्ण खेल तालिका सार्वजनिक गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes