अमेरिकाको न्यूजर्सीमा गोली हानाहान, ६ जनाको मृत्यु - Pahilo Online

अमेरिकाको न्यूजर्सीमा गोली हानाहान, ६ जनाको मृत्यु

writer

काठमाडौं । अमेरिकाको न्यूजर्सी राज्यको जर्सी सहरमा भएको गोलाबारीमा एक प्रहरी अधिकारीसहित ६ जना मारिएका छन् । घटनामा दुई जना प्रहरी पनि घाइते भएको बताइएको छ । शहरको ग्रीनविले इलाकामा दुवैतर्फबाट झण्डै एक घण्टासम्म गोली हानाहान भएको थियो । प्रहरीमाथि किन र कसले गोली चलायो भन्ने अझै एकीन हुन सकेको छैन । सरकारी अधिकारीले हमलामा चरमपन्थीहरुको हात हुन नसक्ने तर्क गरेका छन् ।

स्थानीय संचारमाध्यमका अनुसार एक सुपरमार्केटमा लुकेका हमलाकारीले गोली हान्न सुरु गरेका थिए । जर्सी प्रहरी प्रमुख माइन किलेले आधुनिक हतियारले सुसज्जित आक्रमणकारीले सय राउण्डभन्दा धेरै पटक गोली हानेको बताए । मारिनेमध्ये दुई जना संदिग्ध आक्रमणकारी रहेको प्रहरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes