साग अन्तर्गत पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपाललाई स्वर्ण पदक - Pahilo Online

साग अन्तर्गत पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपाललाई स्वर्ण पदक

writer

काठमाडौं । नेपालले १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भुटानलाई २, १ गोल अन्तरले पराजित गर्दै नेपालले स्वर्ण पदक जितेको हो ।

यससँगै सागमा नेपालको स्वर्ण संख्या ५१ पुगेको छ । नेपाललाई स्वर्ण दिलाउन अभिषेक रिजाल र सुनिल बलले एक एक गोल गरे । खेलको १६ औं मिनेटमा अभिषेकले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । खेलको ३७ औं मिनेटमा कप्तान चेन्चो ग्याल्सेनले गोल गर्दै भुटानलाई खेलमा फर्काए ।

तर, खेलको ५४ औं मिनेटमा सुनिलले गोल गर्दै नेपाललाई स्वर्ण पदक दिलाए । यससंगै नेपालले लगातार दोस्रो पटक साग फुटबलमा स्वर्ण पदक जितेको छ । भारतमा सम्पन्न १२ औं सागमा नेपालले घरेलु टोलीलाई हराएर स्वर्ण जितेको थियो । यस्तै समग्रमा नेपालले चौंथो पटक स्वर्ण पदक जितेको छ । भुटानले भने पहिलो पटक फाइनलमा पुगी साग फुटबलमा रजत पदक जितेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes