राम लिम्बु बने ‘दि भ्वाइस अफ नेपाल’ सिजन २ - Pahilo Online

राम लिम्बु बने ‘दि भ्वाइस अफ नेपाल’ सिजन २

writer

‘दि भ्वाइस अफ नेपाल सिजन २’को विजेता राम लिम्बु बनेका छन् । अन्तिम चारबाट विजेता चयन गरिएको थियो । हिमालय टेलिभिजनबाट प्रशारण भएको चर्चित रियालिटी शोको दोश्रो सिजनको विजेता राम बनेका हुन् । कोच प्रमोदको टिमबाट राम विजयी भएका हुन् ।

‘दि भ्वाइस अफ नेपाल’को अन्तिम चारमा सनिष श्रेष्ठ, राम लिम्बु, विकास लिम्बु र आरिफ राउफ पुगेका थिए । उनीहरुले गरेको प्रस्तुति र दर्शकको भोटिङको आधारमा राम लिम्बु विजेता बनेका हुन् । उनले, विजेता बनेसँगै कार पुरस्कार पाएका छन् । साथ नगद १२ लाख र म्यूजिक नेपालबाट उनको एल्बम समेत सार्वजनिक हुनेछ ।

हजारौ दर्शकको विचमा फाइनल कार्यक्रम आयोजना भैरहँदा दर्शकमा विजेता को बन्छ भन्ने उत्साह समेत थियो । बेलुकी सात बजेबाट ११ बजेसम्म हिमालय टीभीले यो कार्यक्रम प्रत्यक्ष प्रशारण समेत गरेको थियो । यो सिजनको कोचमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत थिए । गतबर्ष कोच दीपको टिमबाट सीडी विजय अधिकारीले यो चर्चित रियालिटी शोको टाइटल जितेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes