स्वर्णमा गौरिकाको कीर्तिमानी ह्याट्रिक, जुडोमा नेपालकी देविकालाई स्वर्ण - Pahilo Online

स्वर्णमा गौरिकाको कीर्तिमानी ह्याट्रिक, जुडोमा नेपालकी देविकालाई स्वर्ण

writer

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण पदक जितेकी छिन् । सातदोबाटोस्थित पौडी पोखरीमा आइतबार गौरिकाले ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् ।
योसँगै गौरिकाले एकै सागमा तीन स्वर्ण जित्दै कीर्तिमान बनाएकी छिन् । ओलम्पियन गौरिकाले ४ मिनेट २५.२८ सेकेण्डको समय निकाल्दै स्वर्ण जितेकी हुन् ।

यस स्पर्धामा भारतकी शिवांगी शर्माले ४ मिनेट २६.२२ सेकेण्डको समय निकाल्दै रजत जितिन् । यस्तै ४ मिनेट ४१.९१ सेकेण्ड समय लगाएकी श्रीलंकाकी खेलाडीले कास्य जितिन् । ओलम्पियन गौरिकाले यस अघि २ सय मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रिस्टाईलमा स्वर्ण जितेकी थिइन् ।

पौडीकै २ सय मिटर बटरफ्लाईमा नेपालकी डुवाना लामाले रजत जितेकी छिन् । डुवानाले २ मिनेट ३३.१६ सेकेण्डको समय निकालिन । भारतकी अपेक्षा डिलेले २ मिनेट २१.८३ सेकेण्डसहित स्वर्ण जितिन् । बंगलादेशकी जुनेया अहमदले २ मिनेट ३३.७५ सेकेण्डसहित कास्य जितिन् ।

त्यसै गरी प्रतियोगिता (साग) अन्तर्गत जुडोमा नेपालकी देविका खड्काले स्वर्ण जितेकी छिन् । सातदोबाटोस्थित आर्मीको कभर्डहलमा देविकाले ५२ केजी मुनि तौल समूहमा नेपाललाई स्वर्ण दिलाएकी हुन् ।

स्वर्ण जित्ने क्रममा देविकाले भारतकी टोकास गायत्रीलाई पराजित गरिन् । यस स्पर्धामा बंगलादेश र श्रीलंकाले कास्य जित्यो । योसँगै नेपालको स्वर्ण संख्या ४५ पुगेको छ ।

जुडो अन्तर्गत नै पुरुष ६६ केजी मुनि नेपालका इन्द्र बहादुर श्रेष्ठले रजत जिते । फाइनलमा इन्द्र भारतका जस्लिन सिंहसँग पराजित भए । भुटान र पाकिस्तानका खेलाडीले कास्य जिते ।

महिला ५७ केजी मुनि नेपालकी मनिता श्रेष्ठ प्रधानले रजत जितिन् । मनिता फाइनलमा भारतका खेलाडीसँग पराजित भईन् । यस स्पर्धामा पाकिस्तान र श्रीलंकाले कास्य जित्यो । ४८ केजी मुनि नेपालकी सोमिया भट्टले कास्य जितिन् । भारतले स्वर्ण र श्रीलंकाले रजत जित्दा अर्को कास्य पाकिस्तान जित्यो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes