इराकमा भएको सरकार विरोधी आन्दोलनमा ७ जनाको मृत्यु - Pahilo Online

इराकमा भएको सरकार विरोधी आन्दोलनमा ७ जनाको मृत्यु

writer

काठमाडौं । इराकको राजधानी बगदादमा अज्ञात व्यक्तिको गोली प्रहारबाट सात जनाको मृत्यु भएको छ । बन्दुकधारीको गोली लागेर कयौं घाइते भएको बताइएको छ । घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । ट्रकमा आएका बन्दुकधारीहरुले अल सिनाक पुल नजिकै एउटा व्यापारीक भवनमा गोली प्रहार गरेको प्रत्यक्षदर्शीलाई उध्रित गर्दै बीबीसीले जनाएको छ ।

सरकार विरोधी प्रदर्शनहरु जारी रहेका बेला बन्दुकधारीहरुले जथाभावी गोली चलाएर सर्वसाधारणलाई त्रसित पार्न खोजेको आन्दोलनकारीहरुले आरोप लगाएका छन् ।

बन्दुकधारीले प्रदर्शनकारीहरुलाई लक्षित गरेर गोली चलाएको बताइएको छ । राजधानी बगदादमा हिजो पनि संधिग्ध व्यक्तिले छुरा प्रहार गर्दा १३ जना घाइते भएका थिए ।

सरकारको विरोधमा भइरहेका प्रदर्शनहरु अस्वभाविक रुपमा बढीरहेपनि समस्या समाधानका लागि कुनै पहलकदमी नगरिएको भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गरेको समाचारमा जनाइएको छ ।

गत अक्टुबरबाट सुरु भएको आन्दोलनका क्रममा ४ सय भन्दा बढी मारिएका छन् भने २० हजार घाइते भएको बताइएको छ । जनजिविकाका सवालमा चासो नदेखाएको भन्दै आन्दोलनकारीले सरकारको राजीनामा, संसद विघटन र राजनीतिक प्राणालीको सुधारको माग गर्दै आएका छन् । एजेन्सी

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes