सौगात र सृष्टिको जोडी रहने फिल्म ‘सँगसँगै’ फिल्मको छायांकन माघबाट सुरु हुने - Pahilo Online

सौगात र सृष्टिको जोडी रहने फिल्म ‘सँगसँगै’ फिल्मको छायांकन माघबाट सुरु हुने

writer

मोरङ । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘सँगसँगै’ निर्माण हुने भएको छ । शुक्रबार काठमाण्डौको भद्रकाली मन्दिरमा उक्त फिल्मको शुभसाइत गरिएको छ ।

फिल्मको छायांकन भने माघबाट सुरु हुने भएको छ । फिल्मको शुभसाइतमा शुभकामना दिनका लागि चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई तथा निर्माता संघका अध्यक्ष आकाश अधिकारी भद्रकाली मन्दिर पुगेका थिए ।

फिल्ममा सौगात र श्रृष्टीका साथै आश्मा गिरी, मुकुन भुषाल लगायतका कलाकारको मुख्य भूमिका रहने भएको छ । मधुसुदन भट्टराइको निर्देशनमा तयार हुने फिल्मलाई संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले लेखेका हुन् ।

दुई साथीको मित्रता र वैदेशिक रोजगारीको कथालाई उठान गरि सानैबाट हरेक काम एकसाथ गर्ने बाचा गरेका २ साथीको मित्रतामा आउने दरार र प्रेमको कथामा आधारित रहेर फिल्मको निर्माण गर्ने फिल्मका लेखक सुबेदीले बताए ।

फिल्मको छायांकन नेपाल र अष्ट्रेलियामा हुनेछ । फिल्मलाई शिव ढकालको छायांकन गर्ने छन् । फिल्ममा तोरण क्षेत्री, विष्णुवहादुर क्षेत्री, रोशन केसी, विष्णु लामिछानेको संयुक्त लगानी रहने भएको छ । फिल्म अर्को वर्ष प्रदर्शनमा आउने भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes