रणवीर कपूर र दीपिका पादूकोण पुनः एक साथ काम गर्ने संम्भावना - Pahilo Online

रणवीर कपूर र दीपिका पादूकोण पुनः एक साथ काम गर्ने संम्भावना

writer

मोरङ । बलिउडका चर्चित अभिनेता राणवीर कपूर र अभिनेत्री दीपिका पादुकोणको जोडीलाई पुनः एक पटक फिल्ममा देखिने भएको छ । भारतीय मिडियाका अनुसार निर्देशक लव रन्जनले निर्माण गर्न लागेको लभ स्टोरीमा आधारित रहने फिल्मबाट फेरी एक पटक यस हिट जोडीलाई एक साथ ल्याउने तयारी भइरहेको छ ।

पछिल्लो समय उनीहरूले फिल्म ‘तमासा’मा सँगै काम गरेका थिए । साथै यिनीहरूको जोडीलाई ‘बचना ए हसिनो, ‘ए जवानी हे दिवानी’ लगायतका फिल्ममा पनि देखिएको थियो । रणवीर र दीपिकाको अफेयर र ब्रेकअपको चर्चा अझै पनि चलिरहेको नै छ । रणवीर र दीपिकालाई यस चलचित्रको स्क्रीप्ट दिइएको छ । अब उनीहरू एक साथ काम गर्नका लागि उनीहरूले स्क्रीप्ट पढेर यो फिल्म साईन गर्ने नगर्ने निर्णयमा भर पर्ने छ ।

अभिनेत्री दीपिका पादुकोण अभिनेता रणवीर सिंहसँग वैवाहिक बन्धनमा बाँधिएकी छन् भने रणवीर कपूर अभिनेत्री आलिया भट्टलाई डेट गरिरहेका छन् । रणवीर र आलियाले पनि चाँडै विवाह गर्ने निर्णय लिएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes