अफगान सेनाको हवाई कारबाहीमा १५ जना विद्रोही मारिए - Pahilo Online

अफगान सेनाको हवाई कारबाहीमा १५ जना विद्रोही मारिए

writer

कान्दाहार । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहार र हेलमण्डमा बिहीबार तालिबानी लडाकू लुकेर बसेका इलाकालक्षित अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा १५ लडाकू मारिएका छन् ।

बिहीबार अपराह्न कान्दाहार प्रान्तको नेश जिल्लामा गरिएको हवाई कारबाहीमा नौ लडाकू मारिएका थिए । त्यसैगरी हेलमण्ड प्रान्तका नहर ए साराज जिल्लामा भएको हवाई कारबाहीमा ६ तालिबान लडाकू मारिएका छन् । उक्त प्रान्तहरुमा सक्रिय रहेका तालिबानी लडाकू समूहले यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् । हेलमण्ड र कान्दाहार तालिबानी लडाकू समूहको बलियो प्रभाव रहेको प्रान्त मानिन्छ ।

तर हाल सुरक्षाबलले पटक पटक यी लडाकू विरुद्ध गरेको कारबाहीको क्रममा सो प्रान्तका कैयौं भागमा सरकारको नियन्त्रणमा आएको अफगान सुरक्षाबलको दाबी रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes