तेक्वान्दोमा सक्षमको पदकसँगै अहिलेसम्म साग इतिहासमा नेपालको स्वर्ण १०० पुग्यो - Pahilo Online

तेक्वान्दोमा सक्षमको पदकसँगै अहिलेसम्म साग इतिहासमा नेपालको स्वर्ण १०० पुग्यो

writer

काठमाण्डौ । दक्षिण एसियाली खेलकुदको इतिहासमा नेपालले स्वर्ण पदकको संख्या शतक र्पुयाएको छ । सक्षम कार्कीले तेक्वान्दोमा बुधबार स्वर्ण जितेसँगै नेपालले सागमा स्वर्णको शतक बनाएको हो ।

१२ औं सागसम्म ७१ स्वर्ण जितेको नेपालले जारी १३ औं संस्करणमा २९ स्वर्ण जितेसँगै नेपाल एक सय स्वर्ण पूरा गरेको हो । पुरुष ८७ केजी तौल समूहमा सक्षमले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जित्न सफल भए । उनले पाकिस्तानका वकार अलीलाई २७, ९ स्कोरले हराए । जारी सागमा अहिलेसम्म करातेले १० र तेक्वान्दोमा ११ स्वर्ण जितेको छ । यस्तै उसु, साइक्लिङ, एथ्लेटिक्स, ट्रायथोलनमा स्वर्ण हात पारेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes