इराकमा भ्रष्टाचारविरोधी प्रदर्शनमा थप १५ जनाको मृत्यु, १०० जना घाइते - Pahilo Online

इराकमा भ्रष्टाचारविरोधी प्रदर्शनमा थप १५ जनाको मृत्यु, १०० जना घाइते

writer

बग्दाद । इराकमा भएको भ्रष्टाचारविरोधी प्रदर्शनका क्रममा भएका झडपमा परी थप १५ जनाको मृत्यु भएको छ  प्रदर्शनकारी र सरकारी सुरक्षाकर्मीबीच शुक्रबार भएका झडपमा परी अरु १०० भन्दा बढी घाइते भएको जनाइएको छ ।

देशको दक्षिणी क्षेत्रमा पर्ने धिकार प्रान्तमा घटना भएको स्थानीय सन्चारमाध्यमहरुले जनाएका छन् । ‘पछिल्लो विवरणअनुसार थप १५ प्रदर्शनकारी मारिएका छन् । अरु १०० भन्दा बढी घाइते भएका छन् भने कैयौंलाई अश्रुग्यासको असर परेको छ’–नाम सार्वजनिक नगर्ने सर्तमा एक स्वास्थ्यकर्मीले भने ।

धिकारको राजधानी सहर नासिरियाहमा पछिल्ला केही दिनदेखि भइरहेको प्रदर्शनका क्रममा झडप हुने र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । प्रदर्शन अनियन्त्रित भएपछि धिकार राज्यका प्रहरी प्रमुख मोहम्मद अल कुरैसीले पदबाट राजीनामा दिएका छन् ।

धिकारका गभर्नर अदेल अल डुखैलीले नासिरियाह सहरमा भएको मानवीय क्षतिका कारण उनले राजीनामा दिएको उल्लेख गरेका छन् । केन्द्रीय राजधानी बग्दादसहित धेरै सहरमा आमप्रदर्शन जारी रहेको छ । गत अक्टोबरको सुरुदेखि इराकमा प्रदर्शनका घटना भइरहेको छ ।

प्रदर्शन चर्कंदै गएपछि इराकका प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका छन् भने देशमा राजनीतिक अन्योल थप बढेको छ । रासस

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes