ए डिभिजन लिग– पहिलो खेलमा मच्छिन्द्र र ब्रिगेड ब्वाइज भिड्ने - Pahilo Online

ए डिभिजन लिग– पहिलो खेलमा मच्छिन्द्र र ब्रिगेड ब्वाइज भिड्ने

writer

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको पहिलो खेल मच्छिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा शुक्रबार भएको टाइसिट ‘ड्र’ मा मच्छिन्द्र र बीबीसीको खेल तय भएको हो ।

दोस्रो दिन मंसिर २९ गते दुई खेल सिएमजी क्लब संकटा र च्यासल युथ क्लब तथा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबबीच हुनेछ । मंसिर ३० गते सरस्वती युथ क्लब र एनआरटीबीच तथा मनाङ र एपिएफबीच हुनेछ । त्यस्तै पहिलो चारणको अन्तिम दिन पुष १ गते रुस्लान थ्री स्टार क्लब र जावलाखेल युथ क्लब तथा नेपाल पुलिस क्लब र हिमालय शेर्पा क्लबबीच हुनेछ । पहिलो साताको कुनै एक खेलमा लिगको उद्घाटन गरिने बताइएको छ ।

एन्फाले मंसिर २८ गते लिग सुरु गर्ने घोषणा गरेको छ । क्लबहरु लिगको तयारीमा जुटिसकेका छन् । यसपटकको लिग दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछ । च्यासल मैदानलाई भने विकल्पका रुपमा राखिएको बताइएको छ । दशरथ रंगशालामा ५ वर्षपछि लिग फुटबल फर्कन लागेको छ ।

२०७२ वैशाखको विनाशकारी भूकम्पका कारण रंगशाला क्षति भएयता त्यहाँ कुनै पनि फुटबल भएको छैन । सागका लागि रंगशाला तयार भएपछि अब फुटबललाई सहज भएको छ । तर टाइसिट ‘ड्र’ सुरु नहुँदै लिग नियमावली उपलब्ध नगराएको भन्दै लिगको सर्वा्धिक सफल टोली सिग्नेचर मनाङ मस्याङ मस्र्याङ्दी,एनआरटी र च्यासल युथ क्लबले बहिष्कार गरेका छन् ।

एन्फाले आइतबारमात्र सम्म नियमावली उपलब्ध गराउने भनेपनि मनाङ अध्यक्ष छिमि उर्गेन गुरुङ, च्यासलका अध्यक्ष रमेश ब्यन्जनकार र एनआरटीका सुरेन्द्र श्रेष्ठले ‘ड्र’ कार्यक्रम छाडेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes