दोस्रो खेलमा भारतसँग नेपाल सोझो सेटमा पराजित - Pahilo Online

दोस्रो खेलमा भारतसँग नेपाल सोझो सेटमा पराजित

writer

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा नेपाल पराजित भएको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार भएको खेलमा नेपाल भारतसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

स्वर्ण दाबेदार भारतविरुद्ध पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल दोस्रो र अन्तिम सेटमा भने सहजै पराजित भयो । पहिलो सेटको सुरुवातमा अग्रता बनाएपनि नेपालले २६, २४ ले गुमाएको थियो । भारतविरुद्ध नेपालले निकालेको यो नै अहिलेसम्मकै उत्कृष्ट नतिजा हो ।

त्यसपछि भारतले नेपाललाई दोस्रो सेटमा २५, १२ र अन्तिम सेटमा २५, १६ ले सहजै पाखा लगायो । भारतविरुद्ध नेपालका लागि प्रतिभा मालीले सर्वा्धिक १६ अंक जोडिन । यस्तै सरस्वती चौधरीले ११ अंक दिलाईन् ।

नेपाललाई पराजित गरेसँगै भारतले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । जितपछि समूह ’ए’ को भारतले १ खेलमा २ अंक जोडेको छ । नेपालको पनि सेमिफाइनलमा पुग्ने सम्भावना कायम रहेको छ । पहिलो खेलमा बंगलादेशलाई ३(० को सोझो सेटमा हराएको नेपालले २ खेलमा २ अंक जोडेको छ ।

अब शुक्रबार हुने समूह चरणको अन्तिम खेलले सेमिफाइनल पुग्ने टोलीको तय हुनेछ । शुक्रबार यस समूहको अन्तिम खेलमा भारतले बंगलादेशसँग खेल्नेछ । उक्त खेलमा भारतले जित निकालेमा नेपाल समूह उपविजेता बन्दै अन्तिम चारमा पुग्नेछ । समूह ’बी’ अन्तर्गतको खेलमा श्रीलंकाले वाक ओभर पाएको छ । पाकिस्तान नआएपछि श्रीलंकाले अंक पाएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes