थ्री स्टारलाई सडन डेथमा हराउँदै एपिएफ फाइनलमा - Pahilo Online

थ्री स्टारलाई सडन डेथमा हराउँदै एपिएफ फाइनलमा

writer


काठमाडौं । नेपाल एपिएफ क्लब चन्द्रागिरी मेयर गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ । रुस्लान थ्री स्टार क्लबलाई सडन डेथमा हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । शुक्रबार हुने फाइलनमा एपिएफले अर्को विभागिय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । ब्रिगेड ब्वाइज क्लबलाई १–० ले हराउँदै पुलिस मंगलबार अन्तिम दुईमा पुगेको थियो ।

चन्द्रागिरी नगरपालिकाको नैकाप फुटबल मैदानमा निर्धा्रित ९० र थप २० मिनेट पनि गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा एपिएफले बाजी मारेको हो । सडन डेथमा एपिएफ ९–८ ले विजयी भएको थियो । दुवैतर्फका समान ११ पेनाल्टी प्रहार गरेपछि नतिजा निस्केको थियो । सुरुवाती ५ पेनाल्टीमा ४–४ को बराबरी भएको थियो । थ्री स्टारका लागि ११ औं पेनाल्टी करण राउतले प्रहार गर्दा सफल हुन सकेन । एपिएफका लागि भने अमृत चौधरीको प्रहार सफल भएको थियो ।

तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको छ । मंसिर १४ मा फाइनल खेल हुनेछ

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes