काठमाडौँ । नेपाली महिला भलिबल टोलीले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा बिजयी सुरुवात गरेको छ । बुधबार भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै सुखद सुरुवात गरेको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा नेपालले २५–९, २५–९, २५–११ को सेटमा पराजित गरेको हो । पहिलो पटक राष्ट्रिय टिममा परेकी उषा भण्डारी र हिरा केसीले राष्ट्रिय टिममा डेब्यु गरेका छन् । १३ औं सागको औपचारिक उद्घाटन भने मंसिर १५ मा हुनेछ ।