काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब राजधानीमा जारी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको सेमिफाइनलमा ’ए’ डिभिजन क्लब ब्रिगेड ब्वाइज क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।
पुलिसको जितमा कप्तान जुमानु राईले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७० औं मिनेटमा जुमानुले गोल गरे । ब्रिगेडका गोलरक्षक र डिफेन्डरको आपसी तालमेल नमिल्दाको फाइदा उठाउदै जुमानुले हेड गोल गरेका थिए ।
अब पुलिसले उपाधिको लागि थ्री स्टार क्लब र अर्को विभागीय क्लब एपीएफबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ । सर्वाेत्कृष्ट खेलाडी र सर्वा्धिक गोलकर्तालाई समान ३०–३० हजार रुपैयाँ प्रदान गरिनेछ ।