भारतले साग अन्तरगतको पुरुष फुटबलमा सहभागिता नजनाउने - Pahilo Online

भारतले साग अन्तरगतको पुरुष फुटबलमा सहभागिता नजनाउने

writer

काठमाडौं । खेल तालिका र टाइसिट निकालिसकेको अवस्थामा भारतले १३औं साग अन्तरगतको पुरुष फुटबलमा सहभागिता नजनाउने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत शुक्रबार ६ टोलीलाई समावेश गर्दै खेल तालिका र टाइसिट निकालेको थियो । भारतले सहभागिता नजाउने भएसँगै अब पुरुष फुटबलमा ५ राष्ट्रको मात्रै सहभागिता रहने भएको छ । ५ राष्ट्रको मात्रै सहभागिता रहने भएपछि खेलहरु राउन्ड रोविन लिगका आधारमा हुनेछ । अब एन्फाले पुनस् खेल तालिका निकाल्ने छ । शीर्ष दुई टोलीले स्वर्णपदकको लागि प्रतिस्पर्धा गर्नेछन् ।

भारतले पुरुष फुटबलमा भाग नलिनेबारे नेपाल ओलम्पिक कमिटीलाई पत्र प्राप्त भएको जानकारी गराएको छ । टिम दर्ता गर्ने क्रममा भारतले महिला फुटबल टोलीको मात्र टिम दर्ता गरेको थियो । एन्फाले शुक्रबार निकालेको टाइसिट ‘ड्र’ अनुसार समूह ‘ए’ मा नेपाल, बंगलादेश र भुटान तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका रहेको थियो । १२औं सागमा नेपालले भारतलाई २–१ ले पराजित गर्दै स्वर्ण जितेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes