कङ्गोमा फैलिएको दादुराको महामारीबाट करिब पाँच हजारको मृत्यु - Pahilo Online

कङ्गोमा फैलिएको दादुराको महामारीबाट करिब पाँच हजारको मृत्यु

writer

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा दादुरा रोगको महामारी फैलिएको छ । देशको सबै प्रान्तमा फैलिएको महामारीबाट सन् २०१९ मा मात्र करिब पाँच हजार मानिसको मृत्यु भएको छ ।

संक्रमित हुनेको संख्या साँढे दुई लाख रहेको समाचार संस्थाहरुले जनाएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यो संसारकै सबैभन्दा ठूलो र चाँडो फैलिरहेको महामारी भनेको छ ।

१५ महिनाको अवधिमा इबोलाले भन्द्या दुई गुणा बढी मानिसको मृत्यु दादुराबाट भएको जनाइएको छ । आठ लाख बालबालिकालाई खोप दिन गत सेप्टेम्बरमा कङ्गो सरकार र डब्ल्यूएचओले आपतकालीन कार्यक्रम सञ्चालन गरेका थिए । कमजोर पूर्वाधार, स्वास्थ्य केन्द्रमाथि गरिने आक्रमण र नियमित स्वास्थ्य सेवामा पहुँच नहुँदा दादुरा संक्रमण रोक्ने प्रयासमा असर परेको छ ।

पर्याप्त खोप उपलब्ध नहुँदा अहिलेसम्म ४० लाख बालबालिकालाई मात्र खोप लगाउन सकिएको छ । जबकी खोप लगाउनुपर्ने बालबालिकाको संख्या योभन्दा आधा बढी रहेको जनाइएको छ । दादुराकै कारण विश्वभर वर्षेनी एक लाख १० हजार मानिसको मृत्यु हुने गरेको अनुमान छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes