फ्रेन्ड्सलाई हराउँदै रुस्लान थ्री स्टार चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा - Pahilo Online

फ्रेन्ड्सलाई हराउँदै रुस्लान थ्री स्टार चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा

writer

काठमाडौं । गोलरहित बराबरीमा सकिन लोको खेलमा कप्तान रुपेश केसीले इन्ज्युरी समयको दोस्रो मिनेटमा गरेको गोलसँगै फ्रेन्ड्स क्लबलाई पराजित गर्दै रुस्लान थ्री स्टार चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा रहेपछि खेल टाइब्रेकरतर्फ लम्कने छाँटकाँट देखिएको थियो । तर इन्ज्युरी समयमा रुपेशले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार फ्रेन्ड्सका गोलरक्षक देव लिम्बूले बचाउन सकेनन् । ब्राजिलियन खेलाडीलाई मैदान उतारेको फ्रेन्ड्सले केहि अवसर सिर्जना गरेपनि गोल गर्न सकेन । यससँगै थ्री स्टारले अन्तिम चारको यात्रा तय गरेको छ ।

फ्रेन्ड्सले यसअघि चन्द्रागिरी नगरपालिकालाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । थ्री स्टारले अब सेमिफाइनलमा सरस्वती र एपीएफ बीचको विजेतासँग खेल्नेछ । शनिबार हुने तेस्रो क्वाटरफाइनलमा नेपाल पुलिस क्लब र डिफेन्डिङ च्याम्पियन च्यासल युथ क्लब खेल्नेछन् । खेल दिउँसो २स्३० बजे हुनेछ ।

तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको छ । १४ मंसिरमा फाइनल खेल हुनेछ । विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ ।सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ । पहिलो संस्करणमा हिमालय शेर्पा क्लब तथा दोस्रो संस्करणमा भ्याली च्यासल युथ क्लब च्याम्पियन बनेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes