मोरङ । मोरङको जहदा गाउँपालिका–१ का कार्यबहाक वडा अध्यक्ष उमेशकुमार साह घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले साहलाई वडा कार्यालय भित्रैबाट २१ हजार रुपैयाँ लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो। सडक स्तरोन्नतिका लागि दुई लाख रुपैयाँको योजना सम्झौता गर्ने क्रममा साहले २१ हजार घुस मागेको आयोग इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले जानकारी दिए।
विराटनगर महानगरपालिका–१४ का समानन्द यादवको हत्या आरोप लागेका वडा अध्यक्ष प्रदीप यादव फरार भएपछि साहलाई कार्यबहाक दिइएको थियो। विराटनगर महानगरपालिका–१४ का समानन्द यादवको गत जेठ ३२ गते गरिएको कुटपिटका कारण असार २७ गते मृत्यु भएको घटनामा संलग्न यादवलाई जिल्ला अदालत मोरङले पक्राउ पुर्जीसमेत जारी गरेको छ।