च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल पराजित - Pahilo Online

च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल पराजित

writer

भारतमा जारी यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा नेपाल भारतको ’बी’ टिमसँग २ विकेटले पराजित भएको हो । नेपालले दिएको २ सय ११ रनको मध्यम लक्ष्य भारतले ४६ ओभर ३ बलमा ८ विकेट गुमाएर पुरा गर्यो ।

भारतको जितका दिभ्यनास जोशीले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । ३७ बल खेलेका उनले आक्रामक ब्याटिङ गर्दै ४ छक्का र ४ चौकाको मद्दतमा ५४ रन बनाए । यस्तै कृतिक कृष्ण शेट्टिले ३९, हर्ष राजेस जम्वालले २९, सागर सुरेन्द्र कुमार दहियाले २८, आथर्भा बिनोदले १२ तथा निर्मल कुमारले अविजित २० रन बनाए ।
नेपालका आकाश चन्दले ४ तथा सागर ढकालले २ विकेट लिए । यस्तै कुशल मल्ल र शेर मल्लले १र१ विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय १० रन बनाएको थियो ।

नेपालका कप्तान रित गौतमले सर्वा्धिक ८४ रनको अर्धशतकीय इनिङ्स खेले । ९३ बल खेलेका रितले १२ चौका र १ छक्का प्रहार गरे । यस्तै शेर मल्लले ३३, हरिबहादुर चौहानले २०, आकास चन्दले १८ र कुशल मल्लले १२ रन बनाए ।

भारतका दिभ्यनास जोशीले ३ तथा अथर्भा बिनोद अन्कोलेकरले २ विकेट हात परे । यो हारसँगै अंक तालिकाको पुछारमा रहेको नेपालले तेस्रो स्थानका लागि तालिकाको तेस्रो स्थानमा रहने टिमसँग आइतबार खेल्नेछ । यसअघि दुई खेलमा नेपाल भारतको ’सी’ टिमसंग १० विकेट र भारत ’ए’ टिमसँग १ सय ७ रनले पराजित भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes