एसियन भलिबल कन्फेडेरेसनमा नेपाल अपराजित रहदै फाइनलमा - Pahilo Online

एसियन भलिबल कन्फेडेरेसनमा नेपाल अपराजित रहदै फाइनलमा

writer

बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाल अपराजित रहदै फाइनलमा प्रवेश गरेको छ ।

ढाकामा बुधबार भएको लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३(० को सेटमा पराजित गर्दै नेपाल शतप्रतिशत जितसहित शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । अब नेपालले उपाधिका लागि माल्दिभ्ससँग नै खेल्नेछ । माल्दिभ्स पनि लिगको दोस्रो स्थानमा रहदै फाइनल पुगेको छ ।

शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा नेपालले माल्दिभ्सलाई २५–१४, २५–६ र २५–१३ को सेटमा पराजित गर्यो । खेलमा नेपालकी सरस्वती चौधरी प्लेयर अफ दि म्याच चुनिए । यस अघि नेपालले अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes