बुलबुल चक्रवत आँधीका कारण भारत र बंगलादेशका हजारौं सर्वसाधारण प्रभावित - Pahilo Online

बुलबुल चक्रवत आँधीका कारण भारत र बंगलादेशका हजारौं सर्वसाधारण प्रभावित

writer

एजेन्सी। बंगालको खाडीबाट आएको चक्रवत बुलबुल आँधीका कारण भारत र बंगालादेशका हजारौं सर्वसाधारण प्रभावित भएका छन् । आँधीका कारण भारतको पश्चिम बंगालको सागर टापु नजिकै पहिरो गएको बताइएको छ । चक्रवत आँधीका कारण २ जनाको मृत्य भएको बीबीसीले जनाएको छ ।आँधीका कारण उक्त क्षेत्रमा रहेका बन्दरगाह र विमानस्थलहरु समेत बन्द गराइएको छ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले सुरक्षित स्थानमा रहन आम नागरिकलाई आग्रह गरेकी छिन् ।

उनले प्रभावितहरुको उद्धार र राहतमा सरकारले कुनै कमि नगर्ने बताएकी छिन् । आँधी उत्तरी क्षेत्रतर्फ बिस्तारै सर्दै गएको र कमजोर हुने अवस्थामा रहेको मौसमविद्हरुले बताएका छन् । १२० देखि १५० किलोमिटर प्रतिघण्टाको बेगमा आएको आँधीका कारण तटीय क्षेत्रमा रहेका सर्वसाधारणलााई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको भारतीय सञ्चामाध्यमहरुले जनाएका छन् । बंगलादेशको मार्टिन टापुमा पनि सयौं मानिस फसेको समाचारमा जनाइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes