रेविज विरुद्धको अभियान सफल - Pahilo Online

रेविज विरुद्धको अभियान सफल

writer

पहिलो अनलाइन

निःशुल्क पशु स्वास्थ्य शिविरमा कुकुरलाई रेविज विरुद्धको इन्जिेक्सन लगाएका कुकुरधनीलाई परिचयपत्र प्रदान गर्दै ४ नं. वडाध्यक्ष गोविन्दबहादुर भण्डारी साथमा वडा सचिव पर्वत साह ।

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले सुरु गरेको रेविज विरुद्धको अभियान सफल भएको छ । जसमा नगरपालिकाले पछिल्लो पटक ५ दिनको कार्यक्रममा सवै वडामा सो अभियान चलाएको थियो ।

रेविज विरुद्धको निःशुल्क पशु स्वास्थ्य शिविरमा दश वटै वडामा गरी २ सय ९८ वटा कुकुर र १३ वटा विरालोमा खोप लगाइएको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जानकारी दिए ।

 

निःशुल्क पशु स्वास्थ्य शिविरमा सर्वसाधारणको कुकुरलाई रेविज विरुद्धको इन्जिेक्सन लगाउंदै पशु प्राविधिक ।

यसअघि १३ औं विश्व रेविज दिवशका अवसरमा वडा नम्वर ६ स्थित मंगलबारेमा रहेको पशु सेवा केन्द्रमा निःशुल्क शिविर सञ्चालन गरी खोप लगाउने अभियान थालिएको थियो । त्यहाँ ६० वटा कुकुर र ३ वटा विरालोलाई खोप लगाइएको थियो । पशु धनीलाई खोप लगाएको कार्ड समेत वितरण गरिएको छ ।

कृषि तथा पशुपंक्षी शाखाको कार्यक्रम
नगरपालिकाको कृषि तथा पशुपंक्षी शाखाका योजनामा परेका कार्यक्रमहरु तय भएका छन् ।
यामप्रसाद गुरागाईं संयोजक रहेको नगरको आर्थिक विकास समितिको वैठकले रेविज विरुद्धको अभियानको समेत समीक्षा गर्दै पशुपंक्षी शाखाको कार्यक्रम अन्तर्गत विपन्नहरुका लागि वडा नम्वर १, ३, ४, ९ र १० मा बंगुर पालन तथा २, ५, ६, ७ र ८ नम्वरमा वाख्रा पालन कार्यक्रम सञ्चालन गरिने निर्णय गरेको छ । यसैगरी, बाली विकास कार्यक्रम, बाली संरक्षण कार्यक्रम, कृषि प्रसार तथा यान्त्रिकरण कार्यक्रम, भकारो सुधार कार्यक्रम, घाँस वितरण कार्यक्रमहरु शाखाले सञ्चालन गर्ने निर्णय समेत भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles