भारतले सार्वजनिक गरेक नयाँ नक्सा खारेज गर्न यायोक्खाको माग - Pahilo Online

भारतले सार्वजनिक गरेक नयाँ नक्सा खारेज गर्न यायोक्खाको माग

writer

पहिलो अनलाइन

मोरङ । किरात राई यायोक्खा मोरङले नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूभागलाई समेटेर छिमेकी राष्ट्र भारतले नयाँ नक्सा सार्वजनिक गरेको प्रती विरोध जनाउदै सो नक्सा खारेज गर्न माग गरेको छ । कार्तिक २० (बुधबार) गते बसेको यायोक्खा जिल्ला समितिको बैठकले भारतले भर्खरै सार्वजनिक गरेको नक्सा खारेजी र सो भूमी फिर्ता गर्न नेपाल सरकारलाई पहल गर्न आग्रह गरेको छ ।

भारतले केही दिन अघि जम्बुकास्मिर र नेपालको लिपुलेक क्षेत्रको करिव ३१० वर्ग किलोमिटर भूभाग आफ्नो क्षेत्रमा पारेर नयाँ नक्सा सार्वजनिक गरेको थियो । यायोक्खा बैठकले सो नक्सा खारेजी र अतिक्रमित भूभाग फिर्ता गर्न सरकारले अबिलम्ब पहल गर्नु अनुरोध गर्ने निर्णय गरेको जिल्ला सचिव केदार राईले बताए ।

यायोक्खा जिल्ला अध्यक्ष नरहाङ राईको अध्यक्षतामा भएको बैठकमा केन्द्रिय उपाध्यक्ष तिलकप्रसाद राई, केन्द्रिय प्रचार विभाग प्रमुखसमेत रहेका सचिव अर्जुन जम्नेली राई, केन्द्रिय सदस्य नवीन राई लगाएको उपस्थितिमा भएको बैठकले प्रदेश १ को नाम किरात राख्न कार्तिक २६ गतेदेखि “किरात प्रदेश अभियान” सन्चालन गर्ने निर्णय भएको सचिव राईले बताए । प्रदेश १ को नाम किरात राख्न आवश्यक दवावको लागि मोरङहुँदै १४ जिल्लामा अभियान सन्चालन हुने यायोक्खा उपाध्यक्ष तिलकप्रसाद राईले बताए ।

बेलबारी नगरपालिका-४ को शोभा नाछिरिङलाई गोरु काटेको अभियोगमा इलाका प्रहरी कार्यालय बेलबारीले पक्रेर मुद्दा चलाएको प्रती खेद प्रकट गरेको छ । राष्ट्रिय जनगणना-२०७८ मा थरको महलमा राई, धर्मको महलमा किरात, भाषाको महलमा आ-आफ्नो मातृ भाषा लेखाउन सचेत रहने निर्णय भएको जिल्ला अघ्यक्ष नरहाङ राईले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles