द भ्वाइसको लाइभ राउण्डका लागी छानिए टप १२ प्रतियोगी - Pahilo Online

द भ्वाइसको लाइभ राउण्डका लागी छानिए टप १२ प्रतियोगी

writer

‘द भ्वाइस अफ नेपाल सिजन २’को नकआउट चरण सकिएको छ । हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको ‘द भ्वाइस अफ नेपाल सिजन २’ को नकआउट चरण सकिएसँगै चारजना कोचले आफ्नो टिममा उत्कृष्ट तीन प्रतियोगी पाएका छन् ।

नकआउट चरणबाट छानिएर लाइभ शोसम्म पुग्ने प्रतियोगीहरु १२ जना रहेका छन् । जसमा कोच दीप श्रेष्ठको टिमबाट विकास, रजनी, सञ्जय लाइभ शोसम्म पुगेका छन् । कोच आस्था राउतको टिमबाट यांकी, शशिका, आरिफले लाइभमा आफ्नो स्थान बनाए । कोच प्रमोद खरेलले बलबहादुर, मेचु र रामलाई लाइभसम्मको यात्रामा र्पुयाउँदा कोच राजुबाट गीता, अन्जु र शनिश लाइभ शोसम्म पुगेका छन् ।

पहिलो सिजनमा नकआउट राउण्ड थिएन । यसै वर्षबाट भ्वाइस अफ नेपालले नकआउट राउण्ड सुरु गरेको हो । नकआउट राउण्डमा एकै टिमका तीन प्रतिस्पर्धीले एक–अर्कासँग प्रतिस्पर्धा गरेका थिए । जहाँबाट एक प्रतियोगी छनोट भएर लाइभसम्म पुगे भने दुई प्रतियोगीले भ्वाइस अफ नेपालको स्टेजबाट विदा लिए । प्रतेक टिमबाट ६ प्रतियोगी बाहिरिए ।

आगामी साताबाट लाइभ शो सुरु हुनेछ । अहिलेसम्म कोचको हातमा रहेको निर्णय अब भने दर्शकको हातमा हुनेछ । दर्शकको भोटबाट नै उत्कृष्ट प्रतियोगी छानिने छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes