बलिउड अभिनेता गोविन्दा नेपाल आउने - Pahilo Online

बलिउड अभिनेता गोविन्दा नेपाल आउने

writer

नेपाल चलचित्र निर्माता संघले वीरगंजमा आयोजना गर्न लागेको ‘नेपाली चलचित्र स्वर्णीम महोत्सव’ मा सहभागी हुन बलिउडका चर्चित अभिनेता गोविन्दा नेपाल आउने भएका छन् । आयोजक संघले वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने पक्का भएको छ । ‘तराई पहाड हिमालको उत्सव’ भन्ने नाराका साथ गर्न लागिएको महोत्सव कात्तिक २१ देखि २३ गतेसम्म चल्नेछ ।

महोत्सवमा नेपालका चर्चित कलाकारहरु नीर शाह, राजेश हमाल, शिव श्रेष्ठ, भुवन केसी, करिश्मा मान्नधर, गौरी मल्ल, निरुता सिंह, केकी अधिकारीलगायतका कलाकार समेत उपस्थित हुने जनाइएको छ ।

महोत्सव आयोजनाका लागि नेपाल उद्योग वाणिज्य महासंघ र वीरगञ्ज उद्योग वाणिज्य संघले समेत सहयोग गरेका छन् । महोत्सव सम्पन्न गर्न १ करोड २० लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रदेश २ सरकारले १० लाख, वीरगञ्ज महानगरपालिकाले १५ लाख रुपैयाँ र प्रादेशिक पर्यटन प्रवर्दन समितिले समेत आर्थिक सहयोग गरेका छन् । यो महोत्सवले नेपालको पर्यटन विकासमा समेत टेवा पुग्ने अपेक्षा राखिएको निर्माता आकाश अधिकारीले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes