प्रयोकर्तालाई क्रोम ब्राउजरलाई तुरुन्तै अपडेट गर्न गुगलको आग्रह - Pahilo Online

प्रयोकर्तालाई क्रोम ब्राउजरलाई तुरुन्तै अपडेट गर्न गुगलको आग्रह

writer

गुगल क्रोम ब्राउजर अहिले विश्वको सबैभन्दा लोकप्रिय वेब ब्राउजर हो । विश्वमा क्रोम ब्राउजरका करोडौँ प्रयोगकर्ताहरु छन् । यदि क्रोम ब्राउजर प्रयोग गर्नुहुन्छ भने यो तपाईंका लागि निकै महत्वपूर्ण खबर बन्न सक्दछ । किनकी गुगलले आफ्ना सबै क्रोम ब्राउजर प्रयोगकर्तालाई ब्राउजरको लेटेस्ट भर्सन अपडेट गर्न आग्रह गरेको छ ।

गुगलले क्रोमका लागि ह्याकिङ प्रतिरोधी सफ्टवेयर जारी गरेको छ । क्रोममा उक्त सफ्टवेयर अपडेट गर्नाले वेब ब्राउजरमा ह्याकिङको जोखिम नहुने गुगलले जनाएको छ । ब्राउजर अपडेट नगर्दा क्रोमबाट लगइन गरिने अकाउन्टहरु ह्याक हुने जोखिम हुन्छ ।

पूरानो भर्सनको क्रोम ब्राउजरमा पछिल्लो समयमा ह्याकिङको खतरा लगातार बढ्दै गएको छ । ह्याकरहरुले सजिलैसँग ब्राउजर मेमोरीमा स्टोर भएका डाटालाई करप्ट गर्ने वा मोडिफाइ गर्न सक्दछन् । साथै ह्याकरहरुले यस मार्फत प्रयोगकर्ताको डिभाइससम्मै भर्चुअल पहुँच कायम गर्दछन् । सोही खतरालाई हटाउनका लागि क्रोम ब्राउजरमा नयाँ अपडेट लागू गरिएको गुगलले जनाएको छ । केही दिनभित्रैमा यो अपडेट सबै प्रयोगकर्तालाई उपलब्ध हुने गुगलको भनाइ छ ।

गुगलले आइओएस, म्याक, विन्डोज तथा लिनक्स ब्राउजरलाई क्रोम ७८ मा अपडेट गरेको छ । आइफोन प्रयोगकर्ताले यो अपडेटसँगै सिस्टम वाइड डार्क मोड प्राप्त गर्नेछन् । त्यस्तै डेस्कटप भर्सनमा समेत विभिन्न नयाँ फिचरहरु थप गरिएको छ । एजेन्सीको सहयोगमा

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes