पाकिस्तानमा ग्यासको सिलिण्डर पड्केर रेलमा आगलागी, ज्यान गुमाउनेको संख्या ७३ पुग्यो - Pahilo Online

पाकिस्तानमा ग्यासको सिलिण्डर पड्केर रेलमा आगलागी, ज्यान गुमाउनेको संख्या ७३ पुग्यो

writer

पाकिस्तानको रहिम यार खानमा रेलभित्र खाना पकाउने ग्यासको सिलिण्डर पड्केर रेलमा भएको आगलागीमा परि ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ । बिहीबार आगलागी भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । घटनामा परि ४० जनाभन्दा बढी घाइते भएका छन् ।

पाकिस्तानको कराँची शहरबाट रावलपिण्डीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको यात्रुवाहक रेलको तीन वटा डिब्बामा आगलागी भएको हो । कतिपयको आगोले जलेर रेलभित्रै मृत्यु भएको हो भने कतिपयको जलिरहेको रेलबाट हाम फाल्दा ज्यान गएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।घाइते भएकाहरूको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या अरु बढ्न सक्ने आशङ्का पनि गरिएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घाइतेहरूलाई पर्याप्त उपचारको व्यवस्था गर्न निर्देशन दिएका छन् । साथै घटनाका बारेमा छानबिनको प्रक्रिया पनि सरकारी अधिकारीहरुले सुरु गरिसकेका छन् । पाकिस्तानका रेल मन्त्री शेख रसिद मृतकका परिवारलाई राहतस्वरुप सरकारले १५ लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिनु भएको छ । त्यस्तै घाइतेलाई ५ लाख रुपैयाँ उपलब्ध गराउने पनि उनले बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes