काठमाडौंलाई हराउँदै चितवनले जित्यो वुमन्स च्याम्पियन्स लिग - Pahilo Online

काठमाडौंलाई हराउँदै चितवनले जित्यो वुमन्स च्याम्पियन्स लिग

writer

काठमाडौं । पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग क्रिकेट (डब्लुसीएल) को उपाधि चितवन राइनोजले जितेको छ । बिहिबार भएको फाइनलमा क्याट क्विन्स काठमाडौंलाई ४५ रनले पराजित गर्दै चितवन च्याम्पियन बनेको हो ।

उपाधिसँगै चितवनले ७ लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता काठमाडौंले ३ लाखमा चित्त बुझायो । टियु क्रिकेट मैदानमा चितवनले दिएको ११३ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौं २० ओभरमा अलआउट हुँदै ६७ रनमा समेटियो । काठमाडौंका लागि अप्सरी बेगमले सर्वा्धिक १५ रन जोडिन् । ममता थापा र ईश्वरी बिष्टले १३–१३ रन जोडिन् ।

काठमाडौंलाई सस्तैमा समेट्न सुमन खतिवडा र ऋतु कनोजियाले ३–३ विकेट लिईन् । रेखा रावलले २ विकेट लिईन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनाएको थियो ।

चितवनका लागि सुमन खतिवडाले सर्वा्धिक २९ रन जोडिन् । कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् । यस्तै काजल श्रेष्ठले २१ तथा कन्चन श्रेष्ठले १९ रन जोडिन् । काठमाडौंकी संगीता राई, लक्ष्मी साउद र सरस्वती कुमारीले १–१ विकेट लिईन् ।

लिगमा चितवन अपराजित रहदै च्याम्पियन बनेको हो । लिगको चार खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल पुगेको चितवनले लिग चरणको खेलमा काठमाडौंलाई ५ विकेटले हराएको थियो ।

काठमाडौंले लिगको दोस्रो स्थानमा रहदै इलिमिनेटरमा पुगेको थियो । र, इलिमिनेटरमा विराटनगर टाईटन्सलाई ९ विकेटले पराजित गर्दै काठमाडौं फाइनल पुगेको थियो । क्विन्स ईभन्ट म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगितामा पाँच शहरका पाच टिमको सहभागिता रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes