बधस्थलदेखि भान्सासम्म स्वच्छ मासु उपभोगका लागि मासु पसल स्वच्छ तालिम - Pahilo Online

बधस्थलदेखि भान्सासम्म स्वच्छ मासु उपभोगका लागि मासु पसल स्वच्छ तालिम

writer

पहिलो अनलाइन

 

पथरी शनिश्चरे, ६ कार्तिक । मोरङको पथरी शनिश्चरे नगरपालिकाको पशुपंक्षी शाखाले नगरका मासु पसल सञ्चालकका लागि आजबाट ३ दिने मासु पसल सुधार तालिम सुरु गरेको छ ।

वडा नम्वर ४ को हलमा आयोजित ‘बधस्थलदेखि भान्सासम्म स्वच्छ मासु उपभोगका लागि मासु पसल स्वच्छ तालिम’को एक कार्यक्रमकाबीच नगर प्रमुख दिलिपकुमार राईले उद्घाटन् गर्नुभयो । उद्घाटन मन्तव्यका क्रममा बोल्दै उहाँले नगरका मासु पसल सञ्चालकले स्वस्थ मासु विक्री वितरणका लागि ज्यादै ध्यान पुर्याउदै मापदण्ड पुरा गर्न आवश्यक रहेको बताउनु भयो ।

वडाध्यक्ष गोविन्दबहादुर भण्डारीको अध्यक्षतामा उद्घाटित तालिममा नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालका साथै सोही विषय विज्ञ कर्मचारीहरु गणेश शिवाकोटी, पर्वत शाह र गुणराज थापाले सहजिकरण गर्नुभएको छ । प्रत्येक वडाका ३ जनाका दरले ३० जना मासु पसल सञ्चालकको सहभागिता रहेको छ ।

 

 

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes